logo
बुध, ०१ माघ २०८२
चितवनमा आइतबार बिहान बस दुर्घटना ।
शनि, १२ जेठ २०२५ | थारु टीभी संवाददाता 432 1

चितवन । चितवनमा आइतबार बिहान बस दुर्घटनामा परेको छ । नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको लु प्र०३–००१ख ००७७ नम्बरको बस बिहान ४ः३० बजे नारायणगढ–मुग्लिङ सडकखण्डको सेतीदोभान पुलबाट खसेर दुर्घटनामा परेको हो । बसमा सवार २८ जनामध्ये २२ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन्। उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Share :
Shares: 1